पत्रकार सम्मेलनमार्फत् आन्दोलन स्थगनको घोषणा गर्दै अभियन्ता ईः

नेपालभ्युज

पत्रकार सम्मेलनमार्फत् आन्दोलन स्थगनको घोषणा गर्दै अभियन्ता ईः

काठमाडौं । ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ ।

महानगरपालिका स्रोतका अनुसार बुधबार  भएको छलफलपछि मंगलबारको  चौथो बुँदालाई थप संशोधन गरेपछि  सहमति जुटेको हो ।  सहमतिपछि प्रदर्शनरत ईःले पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगनको घोषणा गर्दैछन् ।

मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर,  चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो ।

आज साँझ ९ बजे उनी उभिएर बिरोध गरेको १ सय ९९ घन्टा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved