एमाले बागमतीको अध्यक्षमा ढुंगेल र दाहाल दुवैले अडान छाडेनन्, चुनाव हुँदै

नेपालभ्युज

एमाले बागमतीको अध्यक्षमा ढुंगेल र दाहाल दुवैले अडान छाडेनन्, चुनाव हुँदै

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले अडान नछाडेपछि चुनाव हुने निश्चितजस्तै भएको छ ।

जारी प्रथम अधिवेशनमा अध्यध्यक्षका लागि निर्वाचन मण्डलले गरेको सहमतिको प्रयास असफल भएपछि चुनाव हुने निश्चित भएको हो ।

निर्वाचन मण्डलका अध्यक्ष गुरु बरालले सहमतिको प्रयास गरेका थिए ।

बरालले राखेको बैठकमा बैठकमा दाहाल र कैलाशले एकजना मात्र केन्द्रीय सदस्यलाई फिर्ता गराएर सहमति हुन नसक्ने अडान लिएका थिए ।

निर्वाचन मण्डलले निर्वाचन तालिका सार्वजनिक गरे पनि सहमतिको प्रयास जारी राखेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved