पहिलो पटक क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक पाइने

नेपालभ्युज

पहिलो पटक क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत ९रु। ५०० सम्म० क्यासब्याक प्राप्त गर्नेछन् ।

कार्तिक ३ गतेसम्म चल्ने बैंकका यस अभियान अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको छ ।  आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved