सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ३२ करोड 

नेपालभ्युज

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ३२ करोड 

काठमाडौँ । कारोबारको पहिलो दिन आज सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज १९ दशमलव ४२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०१० दशमलव ३५ विन्दुमा पुगेको छ ।

आइतबार २८५ कम्पनीका ९ लाख ३ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव १० अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८५ दशमलव ६२ विन्दुमा पुगेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved