केन्द्रीय समिति बैठकमा विनोद चौधरीको प्रश्न- पुरानै पारामा चलेको कांग्रेसले कसरी युवालाई समेट्छ ?

नेपालभ्युज

केन्द्रीय समिति बैठकमा विनोद चौधरीको प्रश्न- पुरानै पारामा चलेको कांग्रेसले कसरी युवालाई समेट्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको नीति युवालाई समेट्ने प्रकारको हुनुपर्ने बताएका छन् । आइतबार सानेपामा भएको केन्द्रीय समिति बैठकमा उनले नयाँ सोच र दृष्टिकोणसहितका युवालाई कांग्रेसले कसरी समेट्छ ? भन्दै प्रश्न गरेका हुन् ।

‘अब नेपाली कांग्रेस पुरानै पारामा चलेर हुन्न’, उनले भने, ‘नयाँ सोच र दृष्टिकोण भएका विकसित राष्ट्र हेर्न चाहने जमातलाई पार्टीले कसरी समेट्छरु नीति के छ ?’

उनले बौद्धिक, अनुभव र वैचारिक क्षमता भएकाहरूलाई पार्टीले समेट्नुपर्नेमा जोड दिए ।

उनले जीवनभर राजनीति गर्नेले मात्र विकास गर्न सक्छ भन्ने सोच हटाउनुपर्ने बताएका छन्। उनले पार्टीको अबको १० वर्षको दृष्टिकोण के हो भन्नेसमेत पहिचान गरेर जानुपर्ने बताए।

‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन’, उनले भने, ‘देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन् । यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ?’

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल हुनुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved