आरोहण गुरुकुलमा ‘म पनि मान्छे हुँ’ (तस्वीरहरु)

भारतीय नाटककार बिष्णु प्रभाकरको नाटक ‘मै भी मानव हूं’ को नेपालीमा अनुवाद गरि यो नाटक तयार पारिएको हो।  तत्कालीन भारतीय सम्राट अशोकको शासनकालमा भएका विभिन्न युद्धहरु मध्ये एक युद्धको घटना यो नाटकमा समाबेश गरिएको छ।

आरोहण गुरुकुलमा ‘म पनि मान्छे हुँ’ (तस्वीरहरु)

काठमाडौं। काठमाडौंको थापागाउँ स्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा माला आर्टस् एकेडेमीको प्रस्तुती रहेको नाटक ‘म पनि मान्छे हुँ’ मञ्चन भइरहेको छ।

भारतीय नाटककार बिष्णु प्रभाकरको नाटक ‘मै भी मानव हूं’ को नेपालीमा अनुवाद गरि यो नाटक तयार पारिएको हो।  तत्कालीन भारतीय सम्राट अशोकको शासनकालमा भएका विभिन्न युद्धहरु मध्ये एक युद्धको घटना यो नाटकमा समावेश गरिएको छ।

सम्राट अशोकले छिमेकी राज्य कलिङमाथी आक्रमण गरेर त्यहाँका युवराजलाई बन्दी बनाएर ल्याए संगै नाटकको कथा सुरु हुन्छ। बन्दी बनाइएको राजकुमारलाई माफ गरिदिने कि मृत्यु दिने भन्ने बिषयमा रुमल्लिएको नाटक अन्तमा सम्राट अशोक भिक्षु बने संगै सकिन्छ। सम्राटहरू एक क्षण रगत र आगोको भाषा बोल्छन् र अर्को क्षण वसन्त विहागको गीत गाउँछन्। सम्राटहरू महत्वाकांक्षी हुन्छन्।

उनीहरु जुनसुकै सर्तमा पनि जित चाहन्छन्। कलिङ राज्यको त्यो महासंहार देखेर सम्राट अशोक डराएका छन्। उनकी छोरी र कलिङ राज्यका बन्दी युवराजको मायाप्रेमले उनी हड्बडाएका छन्। भिक्षुले हृदय परिवर्तन हुने कथा सुनाएपछि सम्राट अशोकको हृदय परिवर्तन हुन्छ र उनी युद्धको भन्दा प्रेमले जित रोज्छन् र कलिङका राजकुमारलाई माफी दिन्छन् ।

समग्रमा “युद्ध कुनै पनि समस्याको समाधान होइन, हृदय बाट आउने प्रेमले नै हरेक समस्याको समाधान गर्न सक्छ। कसैको हत्या गरेर जित हासिल गरे पनि त्यो दीर्घकालिन हुन्न” भन्ने सार नाटकमा प्रस्तुत गरिएको छ।

सरोज अर्यालको अनुवाद, परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा अंकित खड्का, सुष्मा निरौला, बिम्ब अधिकारी, अभिषेक शर्मा राजोपाध्याय, मनिष ब्यान्जु, संस्कृति दुवाडी, सन्दीप डंगोल, अदान बत्री, सदिन लुइटेलको अभिनय रहेको छ।

यहि असोज ५ गतेदेखि मञ्चन भएको नाटक सोमबार बाहेक हरेक साँझ ५:३० बजे मञ्चन हुनेछ। असोज २० गतेसम्म मञ्चन हुने नाटकको शनिबार भने दिउँसो २ बजे अतिरिक्त शो मञ्चन हुनेछ। तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved