भिटामिन सीको कमी हुँदा खराब हुन सक्छन् यी अंग

नेपालभ्युज

भिटामिन सीको कमी हुँदा खराब हुन सक्छन् यी अंग

एजेन्सी । भिटामिन सी हाम्रो शरीरका लागि एकदमै जरुरी हुन्छ । यसले कोलेजन उत्पादनमा सहयोग गर्छ, साथै इम्यूनिटी बुस्ट गर्छ र आइरनलाई अब्जर्ब गर्न सहयोग गर्छ ।

त्यसैले शरीरमा भिटामिन सीको कमी हुँदा विभिन्न समस्याहरु देखिन सक्छन् । जसलाई बेलैमा जानेर उपचार गर्नु बुद्धिमानी हुन्छ । जानौं कस्तो असरहरु देखिन्छन् ।

मुटु

भिटामिन सीको कमीले हृदय घात तथा मुटुसँग जोडिएका खतरनाक विमारीहरु हुने खतरा बढ्छ । यसबाहेक भिटामिन सी को कमीले एथेरोस्क्लेरोसिस र स्ट्रोक जस्तो स्थिति पनि आउन सक्छ ।

लिवर

भिटामिन सीको कमीले लिवर यानिकी कलेजोमा पनि नराम्रो असर पर्छ । किनकी हाम्रो शरीरमा अक्सीडेटिव स्टे«स बढ्न थाल्छ । यसले लिवर खराब पनि हुन सक्छ । यदी शरीरमा भिटामिन सी को कमी भयो भने लिवरसँग जोडिएका विमारीहरु पनि हुन सक्छन् ।

नर्वस सिस्टम

भिटामिन सी को कमीले मानिसको नर्वस सिस्टम बिग्रन सक्छ । नसाको काम गर्ने क्षमतालाई एकदमै नराम्रो प्रभाव पार्न सक्छ ।

थाइराइड

भिटामिन सी को कमीले थाइराइड ग्ल्यान्डबाट हर्मोनहरु धेरै मात्रामा निस्कन थाल्छन् । जसले गर्दा तौल कम हुने, मुटुको धड्कनमा परिवर्तन आउने तथा महिलाहरुको महिनावारी अनियमित हुने जस्ता समस्याहरु हुन सक्छन् ।

प्यान्क्रियाज

शरीरमा भिटामिन सी को कमीले प्यान्क्रियाजमा पनि असर पर्छ । भिटामिन सीको कमीले फ्रि रेडिकल्स बढ्छन्, यसले प्यान्क्रियाजलाई नोक्सान पुर्‍याउन सक्छ ।

यदी तपाईं प्यान्क्रियाजसँग जोडिएको समस्यामा हुनुहुन्छ भने पनि भिटामिन सीले भरपूर चिजहरु खानुहोस् । भिटामिन सी को कमी हुँदा सुन्तला, मौसम, अम्बा, भूईंकटहर, कागती, ब्लुबेरी, स्ट्रबेरी आदि अमिलो फलफूलहरु तथा शिमला मिर्च, ब्रोकाउली, गोभी आदि हरियो तरकारीहरुको सेवन गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved