कांग्रेसलाई चिढ्याएर एमाले खुसी बनाउनुको अर्थ छैन : माधव नेपाल

नेपालभ्युज

कांग्रेसलाई चिढ्याएर एमाले खुसी बनाउनुको अर्थ छैन : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई चिढ्याएर एमालेलाई खुसी बनाउनुको अर्थ नभएको बताएका छन् ।

समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले अहिले एमालेसँग पार्टी एकताको कुनै सम्भावना नभएको भन्दै कांग्रेसलाई चिढ्याउन नहुने बताएका हुन् ।

विचार मिल्नेहरू समाजवादी मोर्चामा आबद्ध हुन सक्ने तर आफ्नो पार्टीको नामै सुन्न नचाहनेसँग एकताको सम्भावना नहुने उनको भनाइ थियो ।

‘अहिले सरकारलाई छोड्ने कुराले हाम्रो पार्टीलाई सिध्याउँछ’, उनले भने, ‘कांग्रेसलाई शत्रु बनाएर अरु कसैलाई खुसी पार्नु भनेको हाम्रो सिंगो अभियानलाई धरासायी पार्नु हो ।’

आफ्नो अनुहारै देख्न नचाहनेसँग पार्टी एकताको गीत गाउँदै हिँड्नुको अर्थ नहुने उनको भनाइ थियो ।

एमालेको संस्थापक आफू भए पनि पछिल्लो समय खेदिएको भन्दै उनले दुखेसो व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved