प्रधानमन्त्रीको चीन भ्रमणमा ५३ जना उद्योगी व्यवसायी सहभागी (हेर्नुहोस् सूची)

प्रधानमन्त्रीको भ्रमणका क्रममा भोलि ‘नेपाल-चीन बिजनेस समिट’ पनि हुँदैछ । समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । यो कार्यक्रममा दुवै देशका उद्योगी व्यवसायीले लगानीका अवसरबारे छलफल गर्नेछन् ।

नेपालभ्युज

प्रधानमन्त्रीको चीन भ्रमणमा ५३ जना उद्योगी व्यवसायी सहभागी (हेर्नुहोस् सूची)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा उद्योगी व्यवसायीको ठूलो टोली पनि सहभागी भएको छ । आजदेखि सुरु भएको एक हप्ते भ्रमणका क्रममा नेपालबाट ५३ जना उद्योगी व्यवसायी सहभागी भएका छन् ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भोलि ‘नेपाल-चीन बिजनेस समिट’ पनि हुँदैछ । समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । यो कार्यक्रममा दुवै देशका उद्योगी व्यवसायीले लगानीका अवसरबारे छलफल गर्नेछन् ।

भ्रमण टोलीमा नेपालबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठ, व्यवासायीहरु निर्माण चौधरी, दिपक मल्होत्रा, विष्णु कुमार अग्रवाल लगायत सहभागी छन् ।

भ्रमणमा सहभागी उद्योगी व्यवसायीको सूची हेर्नुहोस :

यो पनि… 

प्रधानमन्त्रीको चीन भ्रमण : दुईपटक ‘गार्ड अफ अनर’देखि कैलाश पर्वतको यात्रासम्म (सम्पूर्ण तालिका)

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा

चीन भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई हान्जाउ विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved