चीन भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई हान्जाउ विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)

नेपालभ्युज

चीन भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई हान्जाउ विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)

हान्जाउ। साताव्यापी भ्रमणका क्रममा चीन आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भव्य स्वागत गरिएको छ।

हान्जाउ विमानस्थलमा चीनका खेलकुद सामान्य प्रशासनमन्त्री (जिएएससी) तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले प्रचण्डलाई स्वागत गरे ।

अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन पुगेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। त्यसपछि बेइजिङ जाने कार्यक्रम छ।

चीनमा प्रचण्डलाई गरिएको स्वागतका केही तस्वीर हेर्नुहोस :

तस्वीर – प्रदीपराज वन्त


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved