रास्वपा सांसद खनाल भन्छन्– पर्यटन बोर्ड र मन्त्रालयको द्वन्द्वले समस्या भयो

नेपालभ्युज

रास्वपा सांसद खनाल भन्छन्– पर्यटन बोर्ड र मन्त्रालयको द्वन्द्वले समस्या भयो

काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन बोर्डले बजेट एलोकेट गर्न नसक्दा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता हुन नसकेको भन्दै समितिको ध्यानाकर्षण गराए ।

‘टुरिजम बोर्डले नेपालको पर्यटन प्रवद्र्धनको काम गर्छ । तर गत हप्तासम्म टुरिजम बोर्डले बजेट एलोकेट गर्न नसकेर हामीले तीन, चार वटा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता नरहेको र केही महत्वपूर्ण प्रदर्शनीमा नेपालको सहभागिता नरहनसक्ने कुरा देखिएको छ’, उनले भने, ‘त्यो बोर्ड र मन्त्रालयबीचको द्वन्द्वका कारण हो । त्यसमा हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ ।’

सांसद खनालले समितिले सरकारलाई यसबारेमा आवश्यक निर्देशन दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved