प्रेम सुवाल भन्छन्- शिक्षा विधेयक संघीयताविरोधी छ, सच्याउन पर्छ

नेपालभ्युज

प्रेम सुवाल भन्छन्- शिक्षा विधेयक संघीयताविरोधी छ, सच्याउन पर्छ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको भन्दै शिक्षा विधेयकको विरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताए ।

स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्नेकुरा संघीयताविरोधी भएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved