दलहरुबीच देशभित्र द्वन्द्व भए पनि विदेशलाई हेर्ने नजर एकै हुनुपर्छ- माधव नेपाल

नेपालभ्युज

दलहरुबीच देशभित्र द्वन्द्व भए पनि विदेशलाई हेर्ने नजर एकै हुनुपर्छ- माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्ने बताए ।

दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भएपनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने उनको भनाइ थियो ।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले पनि परराष्ट्र नीतिमा साझा सहमति हुन आवश्यक रहेको बताए । उनले भारत, चीन, अमेरिका, बेलायतलगायतका देशहरुबाट आइरहेको डेलिगेशनमा पनि अपडेट हुनुपर्ने बताए ।

नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved