आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

नेपालभ्युज

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

काठमाडौँ । आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ ।  भदौ १७ गतेदेखि २९ गतेसम्म सञ्चालित उक्त सर्भिस क्याम्पमा नेपालभरका ११ विभिन्न स्थानबाट करिब २ हजार जनाभन्दा बढी ग्राहकहरूले आफ्ना सवारीको सर्भिसमार्फत  लाभ लिएका थिए ।

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरूलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ । यसका साथै नियमित मर्मत सम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ ।

बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा सञ्चालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरी चौबिसै घण्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved