चार मन्त्रीको बैठक सकियो, शिक्षकसँगको वार्तामा सहमति हुने दाबी

नेपालभ्युज

चार मन्त्रीको बैठक सकियो, शिक्षकसँगको वार्तामा सहमति हुने दाबी

काठमाडौं। नेपाल शिक्षक महासंघसँग वार्ता गर्नुअघि सरकारका चार जना मन्त्रीले आन्तरिक छलफल गरेका छन् ।

सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ र सञ्चार मन्त्री रेखा शर्मासहितको छलफल भएको हो ।

छलफलपद्धि गुरुङले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् । छलफलपछि उनले भने- ‘हामीले शिक्षकहरुका सबै मागका विषयमा छलफल गरेका छौँ । सम्भवतः आजको वार्तामा सहमति जुट्छ ।’

आन्दोलनरत विद्यालय शिक्षक र सरकारबीच औपचारिक वार्ता  केहीबेरमा सुरु हुँदैछ।

बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र आज वार्ता गर्ने सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved