उद्धव थापाको दाबी- काेशीमा मैले पाएको विश्वासको मत संविधानसम्मत थियो

नेपालभ्युज

उद्धव थापाको दाबी- काेशीमा मैले पाएको विश्वासको मत संविधानसम्मत थियो

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले तत्कालीन समयमा आफूले प्रदेशसभाबाट पाएको विश्वासको मत संविधानसम्मत भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो नेतृत्वको सरकार गठन र विघटनबारे ब्रिफिङ गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘मैले विश्वासको मत लिने बेलामा जुन व्यक्तिले अध्यक्षता गरेको छ, त्यो अस्थायी व्यक्ति हो । स्थायी सभामुख होइन’, उनले भने, ‘त्यसैले मैले पाएको विश्वासको मत संविधानसम्मत छ ।’

थापाले कोशीमा आफू नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासोसमेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved