शिक्षकका माग पूरा गर्न सरकारलाई एमालेको दबाब

नेपालभ्युज

शिक्षकका माग पूरा गर्न सरकारलाई एमालेको दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारलाई दबाब दिएको छ ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्न दबाब दिएको हो ।

एमालेले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।

‘हामीले शिक्षा मन्त्रीसँग शिक्षक महासंघले गरेको आन्दोलनबारे एमाले संसदीय दलको तर्फबाट केही विषय राख्यौँ । मुलतः विद्यालयहरु बन्द भएको अवस्था छ । तत्काल विद्यालय खोल्ने वातावरण बनाउनु पर्यो’, ज्ञापनपत्र बुझाएपछि बर्तौलाले भने, ‘विद्यालय पठनपाठनको सुनिश्चितता हुनुपर्छ । शिक्षकका जायज माग पूरा हुनुपर्छ ।’

सचेतक बर्र्तौलाले जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढंगले पहल गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved