सरकार-शिक्षकको पहिलो चरणको वार्ता निष्कर्षमा पुगेन

नेपालभ्युज

 सरकार-शिक्षकको पहिलो चरणको वार्ता निष्कर्षमा पुगेन

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहिन बनेको छ ।

यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा वार्तामा नबसेका शिक्षक आज भने गृह मन्त्रालयमा वार्तामा बसेका हुन् । वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न सकेन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक आन्दोलन छाड्न आग्रह गरेका थिए भने शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन नछाड्ने अडान लिएका छन् ।

बिहान भएको वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved