राखी सावन्तले खोलिन् पति आदिल खानको रहस्य

नेपालभ्युज

राखी सावन्तले खोलिन् पति आदिल खानको रहस्य

एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्त र उनका पति आदिल खानबीचको विवाद अझै जारी छ । यसैबीच हालै राखीले भारतीय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा पति आदिलका बारेमा केही रहस्य खोलेकी छन् ।

उनले वैवाहिक जीवनको बारेमा सोधिएको प्रश्नमा आफू एकदमै सोझी भएकाले आदिलले फाइदा उठाएको दाबी पनि गरेकी छन् । सञ्चार माध्यम तथा दर्शकका अगाडि रमाइलो गर्ने आफ्नो बानीलाई लिएर पतिले यो आफ्नो जीवनमा पनि यस्तै हावादारी छ भनेर बदनाम गरेको राखीले बताइन ।

आदिलले आफूमाथि मारपिट समेत गर्ने गरेको राखीले दाबी गरेकी छन् । पति आदिलले ठूला ठूला कार्यक्रममा सहभागी हुन तथा आफूले चर्चा कमाउनका लागि आफूलाई प्रयोग गरेको समेत बताएकी छन् ।

राखीका अनुसार आदिलले उनको नामबाट बैंकबाट ठूलो रकम ऋण लिएर गर्लफ्रेन्डसँग भाग्ने योजना बनाएको दाबी समेत गरेकी छन् । अहिले यी दुईबीच यसरी नै आरोप-प्रत्यारोप भएका समाचार आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved