एनसेलको अफर : ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

नेपालभ्युज

एनसेलको अफर : ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

काठमाडौं । एनसेलको १८औँ वार्षिकोत्सवका अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्टको फाइदा लिन सक्छन्। यतिमात्र होइन ग्राहकले साप्ताहिक रुपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रुपमा स्कुटर पनि प्राप्त गर्नेछन्।

एनसेल आजियाटा लिमिटेडले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हामी तपाइँकै लागि’ थिम अन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ ल्याएको घोषणा गरेको हो। यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन्। आइतबारदेखि नै ग्राहकले एनसेलका सेवा, सुविधाहरु स्योर प्राइजका रुपमा उपहारहरू निःशुल्क प्राप्त गर्न थालिसकेका छन्।

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरु पाउन योग्य हुन ग्राहकले सजिलै एष्ट्रिक्स१७११७ह्यास डायल गर्न सक्छन्। यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा, सुविधाहरु स्योर प्राइज स्वरुप प्राप्त गर्छन्। ग्राहकलाई प्रदान गरिने उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन्। स्योर प्राइज उपहारस्वरुप प्राप्त हुने सेवा, सुविधाहरु २४ घण्टाको लागि मान्य रहन्छ।

२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा १ हजारजना ग्राहकले हरेक हप्ता सरप्राइजस्वरुप रु. १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। योजनाको अन्त्यमा सातजना भाग्यशाली ग्राहकले बम्पर पुरस्कारका रुपमा एक–एक वटा स्कुटर जित्नेछन्।

साप्ताहिक र बम्पर पुरस्कारहरु प्राप्त गर्नका लागि ग्राहकले हप्तामा कम्तीमा एकपटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्दछ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरु प्रयोग गरेको हुनुपर्नेछ। सहभागी हुन चाहने ग्राहकले एनसेलका बारेमा एउटा नारा पनि एनसेल एप वा वेबसाइट https://www.ncell.axiata.com/en/individual/offers/surprise-sure-prize मा पठाउनुपर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved