सरकारको सिफारिसप्रति राष्ट्रपतिको असन्तुष्टि, ३४ जनालाई माफी दिनुपर्ने कारणबारे सोधे स्पष्टीकरण

नेपालभ्युज

सरकारको सिफारिसप्रति राष्ट्रपतिको असन्तुष्टि, ३४ जनालाई माफी दिनुपर्ने कारणबारे सोधे स्पष्टीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन आममाफी दिनका लागि सरकारले गरेको सिफारिसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सरकारले सिफारिस गरेका ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउनसमेत आग्रह गरेका छन् ।

राष्ट्रपति कार्यालयले गृह मन्त्रालयका नाममा पत्र लेखेर स्पष्टीकरण मागेको हो ।

गृह मन्त्रालयले संविधान दिवसका अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको छ । मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारण खुलाइएको छैन ।

गृह मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्छ । पहिलो, कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ भने दोस्रो, भनेको सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ ।

कैद भुक्तान गरेकाहरू मध्येबाट भने कारागार व्यवस्थापन विभागले यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको थियो । जसलाई राष्ट्रपतिले सदर गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved