धेरै ठाउँमा घाम चर्कँदै, केही ठाउँमा हल्का वर्षा हुने

नेपालभ्युज

धेरै ठाउँमा घाम चर्कँदै, केही ठाउँमा हल्का वर्षा हुने
फाइल तश्वीर

काठमाडौं । देशका धेरै ठाउँमा विहानैदेखि घाम चर्किएको छ । लगातारजसो घाम चर्किँदा देशभर फेरि अधिकतम तापक्रम बढ्न थालेको छ ।

मनसुनकै अवधिमा रहे पनि केही समययता जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि धेरै ठाउँमा पानी परेको छैन ।

आज पनि पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved