म्यानचेस्टर युनाइटेडको ओरालो यात्रा: घरेलु मैदानमै ब्राइटनसँग पराजित

नेपालभ्युज

म्यानचेस्टर युनाइटेडको ओरालो यात्रा: घरेलु मैदानमै ब्राइटनसँग पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लगातार ओरालो यात्रामा रहेको छ ।

लिग अन्तर्गत शनिबार घरेलु मैदान ओल्ड ट्राफर्डमा  युनाइटेड ब्राइटनसँग ३-१ गोलले पराजित भयो । पहिलो हाफमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो ।

ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १-१ गोल गरे । युनाइटेडका ह्यानिबल मेज्ब्रीले दोस्रो हाफमा गरेको गोल सान्त्वनामै सिमित भयो । युनाइटेडले घरेलु मैदानमा १३ महिनापछि हार बेहोरेको हो । पछिल्लो पटक पनि ब्राइटनले नै युनाइटेडलाई पराजित गरेको थियो ।

खराब समयमा गुज्रिरहेको युनाइटेडले पछिल्लो ४ खेलमा १० गोल खाएको छ । यस जितसँगै ब्राइटन ५ खेलमा १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । युनाइटेड भने लिगमा तेस्रो हार बेहोर्दै ५ खेलमा ६ अंकका साथ १३ औं स्थानमा छ ।

लिगमा गएराति भएका अरु खेलमा लिभरपुलले उल्भ्सलाई, फुलहमले लुटन टाउनलाई, टोटनहमले शेफिल्डलाई, म्यानचेस्टर सिटीले वेस्टहमलाई,  एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई र न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई हराएका छन्

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved