मन्त्रिपरिषद् बैठक बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जाने विषयमा जानकारी गराउनुका साथै  समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक अपराह्न ४ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क प्रस्थान गर्देछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved