प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

नेपालभ्युज

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद्भ  भवनमा दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको बारे जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved