नेपालभ्युज कन्क्लेभ :

अध्यक्ष ढकाल भन्छन्- निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा हुँदैन

नेपालभ्युज

अध्यक्ष ढकाल भन्छन्- निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा हुँदैन

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थविद्हरूले निजी क्षेत्रलाई हेर्ने नजर गलत भएको गुनासो गरेका छन्।

अनलाइन न्युजपोर्टल ‘नेपाल भ्यूजडटकम’ सञ्चालनको तेस्रो वर्ष पुगेको सन्दर्भमा सञ्चालक संस्था डिजिटल हाउस प्रालिको आयोजनामा भएको नेपालभ्युज कन्क्लेभमा अध्यक्ष ढकालले शेयर बजार, जग्गा कित्ताकाटलगायतका विषयमा व्यवसायीलाई उत्साह थप्ने काम नभएको भन्दै असन्तोष जनाए।

संकटग्रस्त अवस्थामा महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तङ्ग्रिन खोजेको सन्देश दिन सबैले निजी क्षेत्रलाई सहयोग र समर्थन गर्नुपर्ने उनले अध्यक्ष ढकालले जोड दिए।

कृषिको व्यावसायिकीकरणमा जोड दिएमा उत्पादन बढ्छ, रोजगारीको अवसर हुन्छ- अर्थशास्त्री खतिवडा

उनले भने, ‘‘सबै क्षेत्रभन्दा निजी क्षेत्रलाई हेर्ने नगर नकारात्मक छ। निजी क्षेत्रले आफ्नो स्वार्थको लागि मात्र काम गरेकोजस्तो टिप्पणी भइरहेको छ। यसरी निजी क्षेत्रलाई आत्मबल मिल्दैन।’’

अध्यक्ष ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताए।  तर सरकारले निजी क्षेत्रको सुझावलाई समेट्न नसकेको उनको टिप्पणी छ।

अध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यवसाय, श्रम, कर आदिका विषयमा नियम कानुनहरू निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको सही र सफल कार्यान्वयनका लागि सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।

अर्थशास्त्री गौचन भन्छन् – युवा पलायनले देश वृद्धाश्रम बन्यो, अर्थतन्त्रलाई उत्पादनशील बनाइहालौँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved