नेपालभ्युज कन्क्लेभ :

अर्थशास्त्री गौचन भन्छन् – युवा पलायनले देश वृद्धाश्रम बन्यो, अर्थतन्त्रलाई उत्पादनशील बनाइहालौँ

नेपालभ्युज

अर्थशास्त्री गौचन भन्छन् – युवा पलायनले देश वृद्धाश्रम बन्यो, अर्थतन्त्रलाई उत्पादनशील बनाइहालौँ

काठमाडौं। वरिष्ठ अर्थशास्त्री विश्वास गौचनले पछिल्लो समय मुलुकको अर्थतन्त्र धरापमा परेकोले अर्थतन्त्र चलायमान बनाउनुपर्ने जोड दिएका छन्। समृद्धि, सम्भावना र चुनौती विषयक ‘नेपालभ्युज कन्क्लेभ’मा उनले अर्थतन्त्रलाई चलायमान मात्र नभई उत्पादनशील र गतिशील बनाइहाल्नुपर्ने धारणा राखे।

अनलाइन न्युज पोर्टल ‘नेपाल भ्यूजडटकम’ सञ्चालनको तेस्रो वर्ष पुगेको सन्दर्भमा सञ्चालक संस्था डिजिटल हाउस प्रालिको आयोजनामा भएको कन्क्लेभमा अर्थशास्त्री विश्वास गौचनले निर्यातलाई प्रवर्द्धन गर्नुपर्ने, सरकारी खर्च अनावश्यक क्षेत्रमा भएकाले नियन्त्रण गर्नुपर्ने, निजी क्षेत्रको योगदान भए पनि त्यसको मुल्याकन नभएको बताए।

उनले भने, ‘नेपाली समाज धनी हुन नपाउँदै बुढो भयो। कर्जाको कुलतमा फसेको छ। युवा पलायनले देश वृद्धाश्रम बनेको छ। आर्थिक अस्थिरतालगायतको कारणले अर्थतन्त्र जोखिममा परेको छ। अब अर्थतन्त्रलाई उत्पादनशील र गतिशील बनाउनुको विकल्प छैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved