प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

नेपालभ्युज

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं। बुधबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य घटेको जानकारी दिँदै सुन प्रतितोला ८०० रुपैयाँले घटेको जनाएको हो ।

आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved