मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित

नेपालभ्युज

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ।

म्यानमारमा मंगलबार भएको खेलमा नेपाल म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो।

नेपालले राम्रो खेल प्रस्तुत गरे पनि जितको लागि पर्याप्त हुन सकेन।

खेलको ८६ औँ मिनेटमा म्यानमारले गोल गर्न सफल भयो। म्यानमारको लागि विन नाइन तुनले गोल गरे।  सो गोल केहि विवादित पनि बन्यो। मैदानमा रेफ्रीसँगको विवादका कारण कप्तान किरण चेम्जोङलाई पहेलो कार्ड प्रदान गरियो।

म्यानमारविरुद्धको पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved