मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

भक्तपुर। भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

शुक्रबार राति सूर्य विनायक नगरपालिका-८ आदर्श भक्तपुर फ्युल सेन्टरनजिकै अनियन्त्रित भई टेलर गाडीमा ठोक्किर बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३ -०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान् किरण घिमिरे घाइते भएका छन् ।

यस्तै, अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् । घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved