लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

नेपालभ्युज

लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ ।

लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाइ प्रालि काठमाडौंबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए ।

उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एन्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौंडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट सङ्कलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक रु एक लाख ५० हजार लिँदै आएको थियो ।

अब गोकर्णेश्वरले सङ्कलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

फोहरमैलामा सङ्कलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घर-घरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । तर, ल्यान्डफिल्ड साइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहर डम्पिङ गर्दै आएको थियो ।-रासस


Comment

One thought on “लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved