भारत सरकारद्वारा निर्मित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन (तस्वीरहरु)

नेपालभ्युज

भारत सरकारद्वारा निर्मित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन (तस्वीरहरु)

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा भवनको उद्घाटन गरेका हुन्।

नेपाल-भारत विकास सहयोगअन्तर्गत ३.७४ करोडको लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा क्याम्पसको भवन निर्माण गरिएको हो। नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल रहेका छन्।

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्‍याएको र भारतजस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताए। उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको करियरमा सहयोग पुर्‍याउने बताए।

त्यस्तै राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए। ‘यो सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको छ,’ उनले भने। उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप यो विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको पनि बताए।

सन् १९४९ मा स्थापना भएको उक्त क्याम्पस सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखिएको थियो। यस क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा ६० प्रतिशत छात्रा रहेका छन् ।

तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved