हेर्न र सिक्न संसद्‍मा विद्यार्थी (तस्वीरहरू)

संसद सचिवालयको अनुमति लिएर विद्यालयहरुले विद्यार्थीलाई संघीय संसद भवन छिराउने गरेका छन् ।

हेर्न र सिक्न संसद्‍मा विद्यार्थी (तस्वीरहरू)

काठमाडौं। राज्यका ३ अंगहरू: कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबारे अहिले विद्यालयस्तरमै पढाइ हुन्छ। कक्षा ९ र १० को पाठ्यपुस्तकमा समावेश गरिएका यी विषय मध्ये व्यवस्थापिकाबारे प्रत्यक्ष बैठक हेर्न संसद् भवनमा विद्यार्थीहरू आउने गर्दछन्।

प्रतिनिधि सभाको बैठक भएको बेला विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई सङ्घीय संसद् सचिवालयको अनुमति लिएर संघीय संसद् भवन नयाँ बानेश्वरमा ल्याउने गरेका छन्।

विद्यार्थीहरूले यसरी प्रत्यक्ष प्रतिनिधिसभाको बैठक हेर्दा पाठ्यक्रममा पढेको भन्दा बढी बुझिने विद्यालयका शिक्षकहरू बताउँछन्।

सङ्घीय संसद् भवन परिसरमा मर्यादा पालकले विद्यार्थीहरूलाई त्यहाँको सामान्य नियम र अनुशासनबारे जानकारी दिएसँगै संसद् भवनको मुख्यद्वारमा उनीहरूको सुरक्षा जाँच हुन्छ। सुरक्षा जाँच सकिएपछि प्रतिनिधि सभाको बाल्कोनीमा बसेर अनुशासित भई विद्यार्थीहरूले प्रतिनिधि सभाको बैठक अवलोकन गर्न पाउनेछन्।

उनीहरूले त्यहाँ लैजान निषेध गरिएका वस्तुहरू भने बाहिरै छाडेर जानुपर्ने हुन्छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved