महानगरको गाडी ट्राफिकले रोकेको झोँकमा सिंहदरबार जलाइदिने धम्की !

बिदाको दिन गाडी नचलाउन भन्दै प्रहरीले केही समयपछि गाडी छोडेका थिए। स्रोतका अनुसार गाडीमा मेयर पत्नी सवार थिइन्। प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए।

नेपालभ्युज

महानगरको गाडी ट्राफिकले रोकेको झोँकमा सिंहदरबार जलाइदिने धम्की !

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हिंसा भड्काउने खालको विवादास्पद अभिव्यक्ति दिएका छन्।

प्राय रात परेपछि र शनिबारका दिन फेसबुकमा असामान्य पोस्ट गर्ने गरेका मेयर बालेनले आज फेरि त्यस्तै अराजक स्ट्याटस मार्फत सिंहदरबार जलाइदिने धम्की दिएका हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमा आएका लाइक, कमेन्ट र सेयरमा रमाएर आफ्नो हैसियत भुल्दै जे पनि लेख्न थालेको भन्दै आलोचना भइरहँदा मेयर बालेनले फेरि विवादित विषय पोस्ट गरेका हुन्।

सरकारी गाडीमा मेयरले परिवारमा सदस्य चढाएको र प्रहरीले रोकेपछि आक्रोशमा आएर यो स्टाटस लेखेको खुलेको छ। शनिबार महानगरको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केहीबेर रोकेको थियो।

स्रोतका अनुसार दिउँसो भक्तपुरतिरबाट आएको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेको थिए। ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाएनन्।

शनिबार सरकारी बिदा हो। यसैले बिदामा सरकारी गाडी शनिवार चलाउन जिल्ला प्रशासनको पत्र चाहिने प्रहरीले बताए। त्यसपछि ड्राइभरले गाडी काठमाडौं महानगरका मेयर बालेन्द्र साहको भएको बताए।

बिदाको दिन गाडी नचलाउन भन्दै प्रहरीले केही समयपछि छोडेका थिए। स्रोतका अनुसार गाडीमा मेयर पत्नी सवार थिइन्। प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए। उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भने,‘‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो । केही भएको छैन ।’’

गाडी यसरी रोकिएको आक्रोशमा मेयर बालेनको अराजक स्ट्याटस आएको हो। फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved