बागमती नदिमा र्‍याफ्टिङ र्‍याली (तस्वीरहरू)

बागमती नदिमा र्‍याफ्टिङ र्‍याली (तस्वीरहरू)

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल देखि चोभारसम्म र्‍याफ्टिङ खेललाई प्रवर्द्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली सुरु भएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा एक दिने र्‍याफ्टिङ र्‍याली सुरु भएको हो।र्‍यालीमा काठमाडौ जिल्लाका ११ वटै स्थानीय निकाय सहभागी भएका छन्।

सुन्दरीजलदेखि सुरु भएको र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभारको गल्छीमा पुगेर समापन हुनेछ । कुल ४५ वटा र्‍याफ्टले सुन्दरजलदेखि चोभारसम्मको करिब २५ किलोमिटरको दूरी पार गर्नेछन् । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय हरू सवार छन्।

बिहान ८:३० देखि सुरु भएको यात्रा साँझ करिब ६ बजे चोभार पुग्ने अनुमान गरिएको छ। यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ ।

यसैगरी, विभिन्न चेक पोइन्ट पूरा गर्दै र्‍याफ्टिङ चोभारको गल्छीसम्म पुग्नेछ। र्‍याटिङको सुरक्षाका लागि र्‍याफ्टसँगै कायाकहरूको पनि व्यवस्था गरिएको छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved