शनिवार उपत्यकाका यी स्थानमा विद्युत् काटिँदै

नेपालभ्युज

शनिवार उपत्यकाका यी स्थानमा विद्युत् काटिँदै

काठमाडौं । शनिवार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सब्स्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने कार्यका लागि आज विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

पछिल्लो समय शनिवारको दिन केही घण्टाका लागि विद्युत आपूर्ति बन्द गरेर टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ । यसका लागि शनिबार टेकु तथा के३ सब्स्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेशनहरूबाट हुँदै आएको विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकारणकाअनुसार रत्नपार्क, कुलेश्वर,पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुबाट विद्युत आपूर्ति प्रभावित हुनेछ । बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म विद्युत सेवा प्रभावित हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved