अर्थमन्त्रीको प्रतिबद्धता- अरनिको राजमार्ग विस्तारका लागि बजेट अभाव हुन दिन्नँ

नेपालभ्युज

अर्थमन्त्रीको प्रतिबद्धता- अरनिको राजमार्ग विस्तारका लागि बजेट अभाव हुन दिन्नँ

काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारका लागि बजेट अभाव हुन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौं जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताएका हुन् ।

‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्’, मन्त्री डा महतले भने ।

यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved