राप्रपाको पार्टी कार्यालय तत्काल नभत्काउन अदालतको आदेश

नेपालभ्युज

राप्रपाको पार्टी कार्यालय तत्काल नभत्काउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले भत्काउने तयारी गरेको धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालय नभत्काउन अदालतले आदेश दिएको हो ।

राप्रपालाई जग्गादान गर्ने जग्गाधनीहरुले दिएको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले तत्काल नभत्काउन आदेश दिएको हो ।

विद्युत प्रसारण लाइन मुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपाको पार्टी कार्यालय भत्काउने निर्णय थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved