सार्वजनिक बिदाको दिन एनएमबी बैंकको शाखा खुला रहने 

नेपालभ्युज

सार्वजनिक बिदाको दिन एनएमबी बैंकको शाखा खुला रहने 

काठमाडौं । सार्वजनिक बिदाको दिन एनएमबी बैंकको शाखा खुला रहने भएको छ । बिहीवार रक्षा बन्धन, गाईजात्राको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएपनि ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा प्रदान गर्न बैंकका शाखा खुला राखिने बैंकले जनाएको हो ।

बिहीवार सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि १ः ३० बजेसम्म बैंकका विभिन्न शाखाहरू खुला रहने छ । साथै, आइपीएस, क्लियरिङ, आरटीजीएस लगायतका सेवाहरू समेत सञ्चालन हुने बैंकले जनाएको छ ।

बैंकले सूचना मार्फत बिर्तामोड, धरान, बर्दिबास, जितपुर सिमरा, मिर्चैया, सुर्यबिनायक, कुमारीपाटी, सीतापाइला, लायन्स चोक, बेनी, रामबजार९पोखरा०, सुर्खेत, धनगढी९चौराहा०, कारकाँदो लगायतका विभिन्न शाखाहरू खुल्ला रहने जानकारी गराएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved