अब पोखरीमाथि पनि साइकलमा सरर (तस्वीरहरू)

गत शनिबारदेखि सुरु भएको वाटर साइकलमा रमाउन दैनिक सयौं पर्यटक आउने गरेका छन् ।

अब पोखरीमाथि पनि साइकलमा सरर (तस्वीरहरू)

भक्तपुर। भक्तपुर नगरपालिकासंगको सहकार्यमा टीएन एडभेन्चर्सले वाटर साइकल सञ्चालन गरेको छ ।

नगरपालिकाको वडा नम्बर १ इताछेँस्थित नःपुखु (सिद्धपोखरीनजिकै) वाटर साइकल सञ्चालनमा ल्याइएको हो ।

गत शनिबारदेखि सुरु भएको वाटर साइकलमा रमाउन दैनिक सयौं पर्यटक आउने गरेका छन् ।

नेपालमा नै पहिलो पटक सुरुवात गरिएको वाटर साइकलमा एक पटकमा दुई जना एउटै साइकलमा बसेर पोखरीको परिक्रमा गर्न सक्ने टी एण्ड एन एडभेन्चरका सञ्चालक सुजन तिमिल्सिनाले जानकारी दिए ।

ऐतिहासिक शहर भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूले एकपल्ट यसको मज्जा लिनका लागि टी एण्ड एन एडभेन्चर कम्पनीका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले आग्रह गरे ।

वाटर साइक्लिङ गर्न १५ मिनेटको दुई सय रुपैयाँ शुल्क लाग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved