डिनको सांकेतिक शव बोकेर शुल्कवृद्धिको विरोध (तस्वीरहरू)

डिनको सांकेतिक शव बोकेर शुल्कवृद्धिको विरोध (तस्वीरहरू)

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)मा प्रदर्शन गरेको छ।

इन्जिनियरिङ विषयमा अत्यधिक शुल्क वृद्धि गरेको भन्दै नेविसंघले निरन्तर प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनका क्रममा मंगलबार विद्यार्थीहरुले आईओईका डिनको सांकेतिक शवयात्रा निकालेका छन् । उनीहरूको शवयात्रामा प्रहरीले हस्तक्षेप गरी सांकेतिक शव नियन्त्रणमा लिएको थियो।

आईओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णयअनुसार इन्जिनियरिङ अध्ययन संस्थान अर्न्तगतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved