वर्षमानको दाबी- माओवादीले नै सरकारको नेतृत्व गरिदेओस् भन्ने जनचाहना छ

नेपालभ्युज

वर्षमानको दाबी- माओवादीले नै सरकारको नेतृत्व गरिदेओस् भन्ने जनचाहना छ
फाइत तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरूले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए ।

जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताउँदै उनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए। देश राजनीतिक सिस्टममा चल्नुपर्ने, राजनीतिक विधिमा पार्टी र निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved