प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री र सांसदको प्रश्नोत्तर हुने

नेपालभ्युज

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री र सांसदको प्रश्नोत्तर हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको कार्यसूची अनुसार सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्नेछन् ।

‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने छ,’ संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ।

आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ।

त्यस्तै आजको बैठकमा  कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved