म्याक्स बस्नेतलाई स्कटल्यान्डमा बक्सिङ च्याम्पियनको उपाधि

नेपालभ्युज

म्याक्स बस्नेतलाई स्कटल्यान्डमा बक्सिङ च्याम्पियनको उपाधि

काठमाडौं। नेपालका म्याक्स (मनोहर) बस्नेतले स्कटल्यान्डमा बक्सिङ च्याम्पियनको उपाधि जितेका छन् ।

नेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सिङसँग एकेडेमी, स्कटल्यान्डको निमन्त्रणामा स्कटल्यान्ड पुगेका बस्नेतले स्कटल्यान्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै सो उपाधि जितेका हुन् ।

मुलेन बक्सिङ प्रमोसनले आयर रेसकोर्स, स्कटल्यान्डमा आयोजना गरेको खेलमा स्कटिस क्रुजवेट च्यामपियन अलीस्टेअरलाई हराएसँगै नेपाली बक्सर म्याक्स बस्नेत स्कटिस क्रुजवेट च्यापियन बनेका हुन्।

यो सँगै म्याक्स युरोपियन बक्सिङ च्याम्पियनका लागि पनि छनोट भएका छन् ।

गत शनिबार राति स्कटल्यान्डमा सम्पन्न बक्सिङ प्रतियोगिता जितेसँगै नेपाली बक्सर अर्थात् स्कटिस क्रुजवेट च्यापियन म्याक्स बस्नेतलाई स्कटल्यान्डकै चर्चित तथा पुरानो बक्सिङ क्लब बेल एकेडेमीले आफ्नो को–सीईओमा नियुक्त गरेको छ ।

बेल बक्सिङ एकेडेमी स्कटल्यान्डका को–सीईओमा नियुक्त भएका बस्नेतले नेपालमा सम्भावना बोकेका बक्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्लेटफर्म उपलब्ध गराउने योजनामा अभ्यास गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved