खेलाडीलाई चुम्बन गर्ने स्पेन फुटबल महासंघका अध्यक्ष निलम्बनमा

नेपालभ्युज

खेलाडीलाई चुम्बन गर्ने स्पेन फुटबल महासंघका अध्यक्ष निलम्बनमा

जेनेभा । अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।

महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो । फिफा अनुशासन समितिले रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ ।

अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो । रुबियाल्सले चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनले क्षमा मागेका थिए ।

यद्यपि उनले सहमतिमा चुम्बन गरेको बताएका छन् । खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् । स्पेनको पहिलो महिला विश्वकप उपाधिको ठूलो उपलब्धिलाई चुम्बनले ओझेलमा पारेको छ ।

खेलाडी जेनीसहित उनको टोलीका सदस्यले रुबियाल्सलाई जिम्मेवारीबाट नहटाएसम्म खेल मैदानमा नफर्कने घोषणा गरेका छन् । महासङ्घमा उनीहरूले उजुरी पनि दायर गरेका छन् । एपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved