बेरुजु घटाउने अनिवार्य दायित्व हो : मन्त्री सिंह

बेरुजु घटाउने अनिवार्य दायित्व हो : मन्त्री सिंह

सुर्खेत। कर्णाली प्रदेश अन्तर्गतका कार्यालयका प्रमुख र लेखा प्रमुखहरूलाई बेरुजु घटाउने अभियानमा लाग्न कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले निर्देशन दिएका छन् । बेरुजु घटाउने अनिवार्य दायित्व भएकोले त्यसलाई कर्मचारीहरूलाई मन्त्री सिंहले निर्देशन दिएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबारदेखि सुरु बेरुजु व्यवस्थापनसम्बन्धी दुईदिने पुनर्ताजगी कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिंहले निर्देशन दिएका छन् ।
सबैले आफ्नो जिम्मेवारीलाई मनन गरेर काम गर्ने हो भने बेरुजु समस्या न्यूनीकरण हुँदै जाने मन्त्री सिंहको भनाइ छ ।

‘प्रतिशतका हिसाबले सात प्रदेशमध्ये कर्णाली प्रदेशको बेरुजु धेरै देखिएको छ ।’ उनले भने, ‘यसको न्यूनीकरणका लागि सबै दत्तचित्त भएर लाग्नुपर्छ ।’
असल मनसायले काम गर्दागर्दै पनि कहिलेकाहीँ अपजस खेप्नुपर्ने अवस्था रहेको मन्त्री सिंहले बताए ।

‘आर्थिक अनुशासन र सुशासन कायम गर्ने तपाईं, हामी सबैको दायित्व हो । अपजस खेप्नुपर्ने अवस्थालाई अन्त्य गर्नतिर लाग्नुहोला । यसमा सरकारले गर्नुपर्ने सहजीकरण गर्नेछ । तपाईंहरू स्वयं सरकारको प्रतिनिधि भएकाले जनतालाई सुशासनको अनुभूति हुनेगरी काम गर्नुहोला ।’ उनले भने,‘यसको फर्छ्योट गर्नु राष्ट्र सेवक कर्मचारी र अन्य सबैको दायित्व हो ।’

कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कर्णाली प्रदेश सरकारको बेरुजु ४ अर्ब ३६ करोड रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved