अफगानिस्तान विरुद्धको एकदिवसीयमा पाकिस्तानको क्लिन स्विप, वरियतामा पहिलो नम्बरमा

नेपालभ्युज

अफगानिस्तान विरुद्धको एकदिवसीयमा पाकिस्तानको क्लिन स्विप, वरियतामा पहिलो नम्बरमा

एजेन्सी । अफगानिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिन स्वीप गरेको छ ।

श्रीलंकामा भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा अफगानिस्तानलाई  ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला क्लिनस्वीप गरेको हो ।

जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ ओभरमा २ सय ९ रनमा अल आउट भयो । अफगानिस्तानका लागि स्पिनर मुजिब उर रहमानले सर्वाधिक ६४ रनको योगदान दिए ।  बलिङ्तर्फ पाकिस्तानका शदाब खानले ३ तथा शाहीन शाह अफ्रिदी र फहिम असरफले २/२ विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान बाबरले ८६ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए ।

पाकिस्तानले पहिलो खेल १ सय ४२ रनले र दोस्रो खेल १ विकेटले जितेको थियो ।

शृङ्खला क्लिन स्पीपसँगै पाकिस्तान आइसिसीको एकदिवसीय वरियतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved