भिटामिन सीको कमीले झर्न सक्छन् दाँत

नेपालभ्युज

भिटामिन सीको कमीले झर्न सक्छन् दाँत

एजेन्सी । शरीरमा भिटामिन सीको आवश्यकता हुन्छ । यसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको कमीले गर्दा कैयौं प्रकारका विमारीहरु हुने सम्भावना रहन्छ ।

आउनुहोस् जानौं भिटामिन सीको कमीले शरीरमा कस्तो खालको लक्षण देखिन्छ । यदी शरीरमा भिटामिन सीको कमी छ भने त्यसको असर दाँतमा पनि पर्दछ । यसको कमीले गिँजाबाट रगत आउने तथा सुन्निने आदि समस्या देखिन्छ । जसले गर्दा दाँत एकदमै कमजोर हुँदै जान्छन् ।

भिटामिन सी को कमीले हुने मुख्य कारण त रोग प्रतिरोधात्मक क्षमताको कमी हुन्छ । जसले गर्दा कुनै पनि भाइरल संक्रमण तथा रुघाखोकीहरु छिटै लाग्ने बढी सम्भावना हुन्छ ।

भिटामिन सीको कमीले शरीरको तौल बढ्न पनि सक्छ । यसको कमीले पेटको वरपर बोसो जम्मा हुन थाल्छ । जसले गर्दा तौल पनि बढ्दै जान्छ । भिटामिन सी छालाका लागि पनि एकदमै आवश्यक हुन्छ । यसको कमीले छाला सुख्खा हुने तथा अनुहार चाउरी पर्ने समस्या देखिन थाल्छ ।

त्यस्तै भिटामिन सीको कमीले शरीरमा लागेका घाउहरु छिटै निको पनि हुँदैनन् । यसको कमीले शरीरमा कोलाजन एकदमै ढिला बन्छ जसले गर्दा संक्रमण फैलने खतरा हुन्छ ।

यसको कमीले एनिमिया पनि हुन सक्छ । शरीरमा भिटामिन सीको कमीले थकान, मांसपेशीहरुमा दुखाई आदि जस्ता समस्याहरु देखिन थाल्छ । भिटामिन सीको कमीलाई पूरा गर्नका लागि आफ्नो खानपानमा सुन्तला, कागती, कीवी, मेवा तथा अमिलो फलहरुलाई समावेश गराउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved