रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराएर पाकिस्तानले जित्यो शृङखला

नेपालभ्युज

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराएर पाकिस्तानले जित्यो शृङखला

एजेन्सी । अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले जितेको छ ।

श्रीलङ्काको हम्मनटोटामा गएराति भएको रोमाञ्चक दोस्रो खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै पाकिस्तानले एक खेल अघि नै शृङ्खला जितेको हो ।

पाकिस्तानलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो तर सुरुको बलमै शदाब खान आउट भएपछि खेल नाटकीय अवस्थामा पुग्यो । तर नशीम शाहले लगातार चौका प्रहार गर्दै पाकिस्तानलाई जिताए । नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे ।

जितका लागि ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका इमाम उल हकले सर्वाधिक ९१ रन र शदाब खानले ४८ रन बनाए ।

अफगानिस्तानका फजलहक फारुकीले ३, / मोहम्मद नाबीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक १ सय ५१ रनको शतकीय पारी खेले पनि शृङ्खला जोगाउन सकेनन् । इब्राहिम जद्रान ८० रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए ।  तेस्रो तथा अन्तिम खेल भाेलि शनिवार हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved