प्रिगोजिनको मृत्यु युक्रेनको लागि खुसीको खबर : जेलेन्स्की

नेपालभ्युज

प्रिगोजिनको मृत्यु युक्रेनको लागि खुसीको खबर : जेलेन्स्की

एजेन्सी।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु आफ्नो देशको लागि खुसीको खबर भएको बताएका छन् ।

यस्तै, उनले विमान दुर्घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन् ।

राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, “स्पष्ट रूपमा हामी यसमा संलग्न छैनौं। मलाई लाग्छ तपाईं सबैलाई थाहा छ यसको पछाडि को छ।”

ठट्टाको स्वरमा पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले प्रिगोजिनको कथित मृत्यु र युक्रेनले अन्य देशहरूलाई रुसी आक्रमणसँग लड्न थप विमान उपलब्ध गराउन गरेको अपीलसँग कुनै सरोकार नभएको बताएका बीबीसीले जनाएको छ।

उनले यदी प्रिगोजिन मारिएको भए आफ्नो देशको लागि खुसीको खबर भएको बताएका छन् । उनले युक्रेनको भूमि रुसी कब्जामा लैजान प्रिगोजिनको पनि भूमिका भएकाले उनलाई दुश्मन भनेर सम्बोधन गर्दा राम्रो हुने बताएका छन् ।

बुधबार रुसको टभर सहरमा प्रिगोजिनको विमान दुर्घटनाग्रस्त भएको थियो । रुसी अधिकारीहरूले उक्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताएका छन् ।

विमानमा सवार दशजना यात्रुको शव फेला परेको भएपनि हालसम्म सनाखत हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved